site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य
Argakhachi Cement Island Ad

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गएराति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका हुन् ।  

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३  उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्