site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गण्डकीको रोजगार मेलामा एकैदिन १,७५० जनालाई रोजगार दिने प्रतिबद्धता

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको 'वृत्ति विकास तथा रोजगार मेला'मा एकैदिन एक हजार ७५० जनालाई रोजगारीको प्रतिबद्धता आएको छ । मन्त्री मेखलाल श्रेष्ठले विभिन्न क्षेत्रबाट रोजगारीका लागि प्रतिबद्धता आएको बताए । 

आजदेखि पोखरास्थित नयाँबजारको प्रदर्शनी केन्द्रमा सुरु भएको मेला आइतबारसम्म चल्नेछ ।

Argakhachi Cement Island Ad

मेला विशेषगरी अध्ययन, रोजगारी, प्राविधिक क्षेत्र, होटेल, उद्यो क्षेत्र, पर्यटन क्षेत्रका बारेमा जानकारी दिन तथा रोजगारीको सिर्जना गर्ने उद्देश्यले आयोजना गरिकएको हो । 

मेलामा निजी तथा प्राविधिक क्षेत्रले स्टल राखेका छन् ।

शैक्षिक संस्थाहरू, प्राविधिक धार सञ्चालित विद्यालयहरूसहित विभिन्न संघ संस्थामा आवद्ध विज्ञहरूबाट वृत्ति विकासका बारेमा अवलोकनकर्ताहरूलाई परामर्श सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । 

मेला स्विस सरकारको सहयोग, नेपाल व्यवसायिक योग्यता परियोजनाको प्राविधिक सहयोग, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान (जीटीईभीटीए), प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) गण्डकी प्रदेश, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारदाताहरू र राइट फर चिल्ड्रेनको समन्वयमा सञ्चालन भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्