site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता विधेयक पारित

काठमाडौं । बहुप्रतीक्षित नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गरेर पारित गरिएको हो ।

Argakhachi Cement Island Ad

पारितका लागि गृहमन्त्री बालकृष्ण खाँणले राखेको प्रस्ताव संसदको बहुमतबाट पारित भएको हो ।

विधेयकमा जन्मका आधारमा नेपाली नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने प्रावधान राखिएको छ ।

विधेयकमा एनआरएनएलाई राजनीतिक अधिकारबाहेकका अन्य अधिकार दिनेगरी नागरिकता दिने प्रावधान राखिएको छ । उनीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ ।

बैठकमा ४५ जना सांसदले विधेयकमा संशोधनको प्रस्ताव गरेका थिए । केहीले संशोधन प्रस्ताव फिर्ता लिए भने बाँकी सबैको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २०:१६
प्रतिक्रिया दिनुहोस्