site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको प्रश्न– वृद्धभत्ता दिन उमेरहद ६८ वर्ष बनाउनुमा चुनावबाहेक 'इज दियर एनी लजिक ?'

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावलाई लक्षित गरेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेरहद बनाएको आरोप लगाएका छन् । 

शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले दुई वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताए ।

Argakhachi Cement Island Ad

"वृद्ध भत्ताका लागि अहिले ७० बाट ६८ बनाइएको छ । इज दियर एनी लजिक ? चुनाव आउँदैछ भन्ने बाहेक अन्य केही छ लजिक ? यतापट्टि धेरै नजाऊ । अहिले त मैले धेरैकुरा भनिरहनु पर्लाजस्तो लाग्दैन," उनले भने ।

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले मुलुकको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरूलाई आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्