site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजाको सम्बोधन ड्राफ्ट मैले गरेँ भनेर ओलीले झुटो बोलेको पौडेलको दाबी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सार्वजनिक कार्यक्रममा दिएको २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले लेखेको भन्ने कुरा झुटो रहेको दाबी गरेका छन् । एमाले अध्यक्ष ओलीले गत असार २४ गते एक सार्वजनिक कार्यक्रममा ०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले गरेको सम्बोधन आफूले ड्राफ्ट गरेको दाबी गरेका थिए । 

केपी ओलीले नाटकीय रुपमा फलानो रुखमुनि बसेर सम्बोधन ड्राफ्ट गरेको भने पनि त्यससबेला ओली कुनै आन्दोलनमै नरहेको पौडेलको दाबी छ । 

Argakhachi Cement Island Ad

कांग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरु एकता गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अन्तर्राष्ट्रिय शक्ति र नेपालका कम्युनिष्टहरू एकतावद्ध भएर नेपाली कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताए । 

वरिष्ठ नेता पौडेलले गठबन्धन आजको आवश्यक्ता भए पनि आगामी चुनावमा कम्युनिष्टहरू एक ठाउँमा उभिएर कांग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबी गरे । नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकाले आगामी चुनावसम्म गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले माओवादी, एकीकृत समाजवादीलगायत कम्युनिष्ट दलहरू कम्युनिष्ट एकता गरेर अघि बढ्ने योजनामा रहेको बताए । 


 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्