site stats
बाह्रखरी :: Baahrakhari
विशेष
संसद्मा मिनेन्द्रको प्रश्न– नेपालको पहिलो संसद्को नेता बीपीलाई संसद्ले सम्झिनु पर्दैन ?

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसका संस्थापक तथा पूर्व सभापति बीपी कोइरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा सांसद रिजालले आज बीपी कोइरालाको स्मृति दिवस भएको र बीपी नेपालको पहिलो संसदको नेता भएकाले उनलाई संसदले स्मरण गर्नुपर्ने बताए । 

बीपीले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेको उनले बताए । सांसद रिजालले कोइरालाले नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लागेको स्मरण गरे । 

Argakhachi Cement Island Ad

“सुवर्ण समशेरले बीपीलाई सभापति फिर्ता गर्दा नासो बुझाएँ भन्नुभयो । बीपी ठूलो कि आफू ठूलो भनेर भेट्न गएका गणेशमान सिंहले पहिलो भेट पछाडि रामभक्त हुनमान भनेझैँ बीपीभक्त गणेशमान भएँ भन्नुभयो । सूर्यप्रसाद उपाध्यायको बीपी रोगसँग गाँजिएको बेलाको भेटमा दुवै नेताको आँखाको आद्र देख्दा सबैले कल्पना गर्नसक्छ कति प्रेम र स्नेह भाव थियो,” उनले भने, “कृष्णप्रसाद भट्टराई बीपीको अन्तिम दिनमा पाँच रुपैयाँको भुटेको चना बोकेर उहाँलाई पुर्याउन जाँदा भित्र कुरा गर्न आउनुस्भन्दा मेरो नेतालाई दर्शन गरेँ पुग्यो भन्नुभयो । यस्तो नेता जो सबैभन्दा माथि उभिएर बस्नुभएको थियो ।” 

कहिल्यै जीवनमा जनताको प्रतिनिधि हुँ भन्ने जिम्मेवारी बीपीले नभुलेको भन्दै उनले अगाडि थपे, “राजासँग लड्दा पनि, राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेर, नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभयो ।” 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्