site stats
बाह्रखरी :: Baahrakhari
विशेष
पेरुमा जापानको नागरिक राष्ट्रपति भएजस्तो नहोस् : बास्कोटा 
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नागरिकता विधेयक रंग बदलेर ल्याइएको टिप्पणी गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले भने, “रंग बदलेर मौसम बदलिएजस्तो बदलिन हुँदैनथ्यो । सत्ताको चास्नीले नागरिकताजस्तो विषयको रंग बदल्यो ।” 

कसैले पनि वास्तविक नेपालीलाई नागरिकता दिन हुँदैन भनेर नभनेको उनको भनाइ छ । बास्कोटाले नागरिकताका प्रावधान कमजोर गरिएको बताए । डीभी भरेको देशले पनि खास अवधिको व्यवस्था गरेको उनको भनाइ छ । लचिलो हुने नाममा पेरु र फिजीको अवस्था आउन नहुनेमा उनको जोड छ । 

“लचिलो हुने नाममा जापानको नागरिक फुजीमोरी पेरुमा राष्ट्रपति भएजस्तो नहोस्,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्