site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता विधेयकका विषयमा सही सूचना दिन सञ्चारमाध्यमसँग गगनको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै जनताले आफ्नो मूल्यांकन गर्ने भएकाले सही सूचना सम्प्रेषण गर्न आग्रह गरेका हुन् । 

उनले विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय संसदमा छलफलको विषय हुनेभन्दै यसलाई छलफलमा भएका कुरालाई सही ढंगले पस्तुत् गर्नुपर्ने आवश्यक्ता औंल्याए । 
महामन्त्री थापाले जनतालाई सत्यतथ्य कुरा सही ढंगले सम्प्रेषित गर्न आवश्यक रहेको बताए । 

Argakhachi Cement Island Ad

“हामी संसद्मा नागरिकता विधेयकमाथि छलफल गर्दैछौँ । आजकै नागरिकता विधेयकपछि सञ्चारमाध्यममा आउने विषयको आधारमा भोलि नागरिकले मत बनाउने हो । हामीले छलफल गर्ने आजका थुप्रै विषयमध्येको एउटा विषय विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय बन्छ,” उनले भने, “छलफलमा भएका विषयलाई सही ढंगले सम्प्रेषित गर्न सकेनौँ भने धेरै मानिसले बनाउने मत हुँदै नभएको व्यवस्था लागु गरेको छ भन्ने हुन्छ ।”

महामन्त्री थापाले सही ढंगले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेकोमा जोड दिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्