site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री देउवा भन्छन्– मिथ्या सूचनाको जोखिम बढ्यो
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताएका छन् । शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने बताए । 

मिथ्या सूचनाको जोखिम बढिरहेकाले संवेदनशील, उत्तरदायी भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले प्रमाणमा आधारित सत्यतथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको दायित्व भएको बताए । 

प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूले कसैको प्रलोभन, भय र दबाबमा नपरी निष्पक्ष पत्रकारिता गर्न पनि आग्रह गरे । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्