site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय छानबिन समितिको बैठक बस्दै
जनार्दन शर्मा । फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक बस्न लागेको हो । आजको बैठकबाट शर्मामाथिको रिपोर्टिङ लेख्न सुरु गरिने जनाइएको छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय उक्त समिति बनेको हो । समिति बनेसँगै शर्माले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्