site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सामुदायिक वनमा मानव कंकाल भेटियो
प्रतीकात्मक तस्बिर

कर्णाली । भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशंकर सामुदायिक वनमा मानव कंकाल भेटिएको छ ।

बिहीबार दिउँसो उक्त मानव कंकाल भेटिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनका अनुसार खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली त्यहाँ पुगेको थियो ।

Argakhachi Cement Island Ad

“तीन–चार महिनाअघिको देखिने मानव कंकाल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको थियो”, प्रवक्ता पाण्डेले भने, “जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट मुचुल्का गरी कंकाललाई प्रहरीले ल्याएको छ ।” 

प्रहरीका अनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ । रासस 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्