site stats
बाह्रखरी :: Baahrakhari
विशेष
यी प्रदेशमा हुनेछ आज भारी वर्षा, सतर्क रहन आग्रह
फाइल तस्बिर

काठमाडौं । देशको पहाडी भू–भागका थोरै स्थानमा र अन्य भू–भागका एकदुई स्थानमा आज बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Argakhachi Cement Island Ad

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले  सामान्य सतर्कता अपनाउन विभागको आग्रह छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०६:०५
प्रतिक्रिया दिनुहोस्