site stats
बाह्रखरी :: Baahrakhari
विशेष
इटालीका प्रधानमन्त्री ड्राघीले दिए राजीनामा
फाइल तस्बिर ।

इटाली । इटालीका प्रधानमन्त्री मारियो ड्राघीले बिहीबार पदबाट राजीनामा दिएका छन् ।

उनले बुधबार सिनेटमा विश्वासको मत पाएका थिए । तर, उनका तीन गठबन्धन सहयोगीहरूले मतदान प्रक्रिया बहिष्कार गरेपछि राजीनामा दिएका हुन् ।

Argakhachi Cement Island Ad

उनको राजीनामाले प्रारम्भिक निर्वाचनको सम्भावना र इटाली तथा युरोपका लागि महत्त्वपूर्ण समयमा अनिश्चितताको संकेत गर्छ ।

ड्राघीले राष्ट्रपति सर्जियो माटारेलालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् । माटारेला जसले गएको साता यस्तै राजीनामापत्र बुझ्न अस्वीकार गरेका थिए ।

तर, योपटक राजीनामापत्र लिँदै ड्राघीलाई तत्कालका लागि कार्यवाहक पदमा बस्न आग्रह गरेको राष्ट्रपतिको कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्