site stats
बाह्रखरी :: Baahrakhari
विशेष
जनार्दन शर्मामाथि छानबिन : समितिको म्याद सात दिन थपियो 
संसदीय छानबिन विशेष समितिको बैठकमा बिहीबार उपस्थित भएर बाहिरिने क्रममा जनार्दन शर्मा ।

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय समितिको म्याद थप गरिएको छ ।

आजको प्रतिनिधि बैठकमा सभामुख अग्ग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो ।

Argakhachi Cement Island Ad

यसअघि, गएको असार २२ गते गठित समितिलाई १० दिनको समय दिइएको थियो । त्यो समयसीमा आज सकिँदै थियो ।

शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको आरोप लागेको छ । उक्त आरोपसँगै शर्माले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्