site stats
बाह्रखरी :: Baahrakhari
विदेश
प्रचण्ड गर्मीका कारण स्पेनमा एकै हप्तामा ६७९ जनाको मृत्यु

म्याड्रिड । स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार गर्मीका कारण यहाँ जुलाई १० देखि १७ सम्ममा ६७९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जुलाई १७ मा एकैदिन १६९ जनाको तातो हावाका कारण ज्यान गएको बताइएको छ । यहाँको एक स्वास्थ्य संस्थाले गरेको अनुसन्धानबाट तातो हावाका कारण सबैभन्दा धेरै यहाँका ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

Argakhachi Cement Island Ad

सो संस्थाले गरेको अनुसन्धानबाट यहाँ बुधबारसम्म ज्यान गुमाएका ६७९ मध्ये ४३० जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका देखिएको छ । देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ । गर्मीका कारण मानिसको ज्यान जाने क्रम रोकिएको छैन ।

यहाँका स्वास्थ्य अधिकारीहरूले गर्मी अझै बढ्ने अनुमान गरिएको जनाएका छन् । उनीहरूका अनुसार तातो हावाका कारण ज्यान जानेको संख्या थप बढ्न सक्छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्