site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
म्याद थप गर्न संसदीय छानबिन समितिको माग
बिहीबार समितिको बैठकमा उपस्थित हुने क्रममा जनार्दन शर्मा ।

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले म्याद थप्न माग गरेको छ ।

बिहीबार शर्मासँग छलफल गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै समिति सचिव सुरेन्द्र अर्यालले सभामुख अग्निप्रसाद सापकोटासमक्ष समय थप्नका लागि अनुरोध गरिने बताए ।

Argakhachi Cement Island Ad

“समितिले छानबिन प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आवश्यक समय थप गर्न माग गरेर सभामुखसमक्ष प्रस्ताव राखेको छ,” उनले भने, “उहाँहरूले छलफल गरेर समय थप हुनेछ ।”

समितिको म्याद आज साँझ सकिँदै छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्