site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गोवर्धन शर्मा स्मृति कोषले भन्यो– सहयोग पाउने संस्थाको बारेमा बोल्दा पहिले बुझौँ 

काठमाडौं । गोवर्धन शर्मा स्मृति कोषले ट्रष्टका नाममा विनियोजित रकमको विषयमा विभिन्न टिकाटिप्पणी भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित विभिन्न व्यक्तिहरुले सदनमा बोलेको कुरा स्वागतयोग्य भन्दै कोषले भनेको छ, “प्रदेशबाट कुनै पनि संस्थालाई रकम विनियोजित गर्नुअघि अनुदान सहयोग दिँदा सहयोग पाउने संस्थाको पृष्ठभूमि, संस्थाको उद्देश्य, संस्थाबाट भए गरिएका कार्य समेत जानकारीमा राखी विनियोजित गरिएमा यस प्रकारको टिका टिप्पणी एवम् आलोचना आउने थिएन भन्ने हाम्रो निष्कर्ष रहेको छ ।”

Argakhachi Cement Island Ad

२००७ सालतिर ब्राह्मणहरुले हलो जोत्न हुन्ने भन्ने पुरानो विचारविरुद्ध ‘हलो क्रान्ति’ अभियान र छुवाछुत तथा भेदभाव अन्त्यको अभियान अघि बढाउने  एक योद्धाको विषयमा निम्नस्तरको टिकाटिप्पणी नगरिदिन कोषको आग्रह छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १०:००
प्रतिक्रिया दिनुहोस्