site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
बालेनले काम गर्न सक्दैनन्, स्वतन्त्रलाई आएको भोट दलहरूका लागि ‘वेकअप कल’

काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अघिल्लो निर्वाचनमा २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा (एमाले) यसपटक ८५ प्रतिशत मत परिणामको 'ट्रेन्ड' हेर्दा २०० भन्दा कम स्थानीय तह जित्ने देखिन्छ । बलियो भएको भनिएका क्षेत्रमै पराजय र कमजोर उपस्थितिलाई एमाले नेता रघुजी पन्तले भने स्वाभाविक परिणाम मानेका छन् ।

नेकपाको विभाजन, त्यसपछिको एमालेको विभाजन अनि सत्तारूढ दलहरूको 'अप्राकृतिक गठबन्धन'काबीच अहिले आएको परिणामलाई उनले स्वाभाविक मानेका हुन् ।

Argakhachi Cement Island Ad

काठमाडौंसहितका स्थानमा स्वतन्त्र उमेदवारले पाएको मतलाई जनताले दलहरूलाई दिएको चेतावनीका रूपमा अर्थ्याएका पन्तले राजनीतिक पृष्ठभूमि नै नभएका उमेदवारले जितेर पनि काम गर्न भने नसक्ने दाबी गरेका छन् । 

“बालेन साहले दलहरूकोविरुद्धको जनमत लिएर चुनाव जितिहाले भनेपनि काम गर्न गाह्रो हुन्छ,” पन्तले भनेका छन्, “अन्य पालिकामा दलहरूले टिकट वितरणमा न्याय नगर्दा जनताले न्याय गरेर जितेको स्वतन्त्रहरू भने भोलि पनि अब्बल सावित हुन सक्छन् ।”

काठमाडौंमा कांग्रेस र एमालेबाट उमेदवार छनोटमा भएको त्रुटिलाई जनताले जवाफ दिएको भन्दै दलहरू यो चेतावनीबाट विउँझन र सच्चिन बाध्य हुने उनको भनाइ छ । 

एमालेको विभाजन रोक्न नसक्नु राजनीतिक कमजोरी भएको भन्दै संसद् विघटनसहितका घटनामा एमालेबाट हुने दाबीले पार्टीलाई घाटा पुग्ने उनको भनाइ छ । संसद् अवरोध पनि एमालेको गल्तीका रूपमा अर्थ्याएका पन्तले अहिले संसद्को अवरोध हटाउने एमालेको अवरोध हटाउने निर्णय ठिक भएको बताएका छन् ।

हेर्नुहोस् पूरा अन्तरवार्ता :

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्