site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश २ को नाम ‘मधेस’ दुई तिहाइले स्वीकृत

जनकपुरधाम । चार वर्षपछि प्रदेश २ को नाम तय भएको छ । 

प्रदेश सभा सचिवालयमा आज भएको मतदानबाट मधेस नाम दुई तिहाइले स्वीकृत भएको हो । 

Argakhachi Cement Island Ad

संसदीय विषेश समितिले नामकरण सम्बन्धी गरेको पहिलो प्रस्ताव ‘मधेस प्रदेश’को पक्षमा ८० मत खस्यो । मधेस नामकरणको विपक्षमा १९ जना सांसद उभिए । उपस्थित भएपनि उनीहरूले मधेस नामका लागि मतदान नै गरेनन् । 

प्रदेश सभामा १०४ जना सदस्य छन् । जसमध्ये मतदानमा ९९ जना सांसद उपस्थित थिए । पाँच जना सांसद अनुपस्थित रहे ।संसदीय समितिले गरेको अन्य तीन प्रस्ताव निष्क्रीय भएको छ । 

स्वीकृत भएको मधेस नाम सत्तारूढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को साझा प्रस्ताव थियो ।

योसँगै संसदीय समितीले प्रस्ताव गरेका नामहरू ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ प्रस्ताव स्वतः निष्क्रीय भएको सभामुख सरोज यादवले घोषणा गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्