site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेस नामकरणको लागि मतदान सुरु
Argakhachi Cement Island Ad

जनकपुरधाम । प्रदेश २ को नामकरणको लागि मतदान सुरु भएको छ । प्रदेशसभा सचिवालयमा संसदीय विशेष समितिले प्रस्ताव गरेको मधेश नाममा अहिले मतदान सुरु भएको हो । समितिले नामकरणको लागि चारवटा प्रस्ताव अगाडि सारेको छ ।  मतदान भइरहेको मधेशमा दुई तिहाइ नपुगे अन्य प्रस्तावमा मतदान हुनेछ । 

अहिले मतदान भइरहेको मधेश नाम तीन दलको साझा प्रस्ताव हो । जनता समाजवादी पार्टी (जसपा) नेपालको उक्त प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाल र नेकपा माओवादी केन्द्रले सर्मथन गरेका छन् । 

नेपाली काँग्रेसका सांसदले बहुमत सांसदले मिथिला भोजपुरा र केहीले मध्य मधेश, र नेकपा एकिकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेको छ । एमालेले उक्त प्रस्तावलाई सर्मथन गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्