site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले प्रदेश २ को नाम 'जनक' प्रस्ताव गर्ने
Argakhachi Cement Island Ad

जनकपुर । नेकपा (एमाले)ले प्रदेश २ को नाम 'जनक' प्रस्ताव गर्ने भएको छ । भोलिको प्रदेश सभा बैठकमा आफूहरूले प्रदेशको नाम 'जनक' राख्न प्रस्ताव पेस गर्ने एमालेका सांसद सत्यनारायण मण्डलले जानकारी दिए ।  

तत्कालीन नेकपा हुँदा जानकी नाम सचिवालयमा दर्ता गराएको भएपनि अब जनक राख्न प्रस्ताव गरिने बताए ।

आजै एमालेले नामकरणको प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर एमाले सांसद प्रदेश सभामा उपस्थित नहुँदा उक्त कार्यसूची सभामुख सरोज कुमार यादव हटाएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्