site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश २ को नामकरणका लागि ४ नाम प्रस्ताव

जनकपुरधाम । प्रदेश २ नामकरणका लागि चारवटा प्रस्ताव गरिएको छ । आज प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी (लोसपा), माओवादी केन्द्रले मधेस नाम प्रस्ताव गरेका छन् ।

सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र एकीकृत समाजवादीले फरक फरक नामको प्रस्ताव गरेका छन् । कांग्रेसले मिथिला–भोजपुरा र एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका छन् ।

Argakhachi Cement Island Ad

शुक्रबार बस्ने बैठकमा एमालेले प्रदेशको नाम जनक प्रस्ताव गर्ने भएको छ ।

कांग्रेसका केही सांसदले भने मध्य मधेश नाम प्रस्ताव गरेका छन् ।

एक सांसद मात्र रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि मधेस नाममै सर्मथन गरेको छ । 

प्रदेश सभामा अहिले १०४ सांसद छन् । नाम र राजधानीका लागि दुई तिहाइ मत अथार्त ७० सांसद आवश्यक पर्नेछ । मधेस प्रदेशको पक्षमा उभिएका जसपा र माओवादीका सांसद जोड्दा ६२ जना मात्र पुग्छन् । उनीहरूलाई दुई तिहाइ बहुमत पुर्‍याउन थप ८ सांसदको आवश्यक पर्छ ।

जसपासँग ३७, लोसपासँग १६ र माओवादी केन्द्रसँग आठ सांसद छन् । एक सांसद रहेको संघीय समाजवादी सर्मथन गरेपनि  दुई तिहाइ पुग्ने अवस्था छैन् ।

यसयघि नामकरण र स्थायी राजधानी तोक्ने प्रदेशसभाको दुईपटक प्रयास असफल भइसकेका छन् । निर्वाचनबाट पनि दुई तिहाइ पुगेको थिएन ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्