site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
'अधिनायकवादविरुद्ध र नागरिकको पक्षमा बोल्ने शेखरको टिम जित्छ'

नेविसंघबाट राजनीति थालेका रामकृष्ण यादवले धनुषा कांग्रेसको सभापति हुँदै दुई कार्यकाल कांग्रेसको केन्द्रीय सदस्य भएर काम गरिसकेका छन् । संसद्मा सार्वजनिक लेखा समितिको सभापति भएर समेत काम गरिसकेका यादव संविधानसभामा 'चर्को बोल्ने' सांसदमध्येका एक थिए । कृषिमन्त्री भएरसमेत काम गरिसकेका यादव अहिले शेखर कोइरालाको टिमबाट सहमहामन्त्री उमेदवार बनेको छन् । मधेसी कोटाबाट सहमहामन्त्री बनेको उनी १३औँ महाधिवेनबाट आएको नेतृत्वले राष्ट्रिय र मधेसका समस्या समाधान गर्न नसकेको र पार्टीको आन्तरिक लोकतन्त्र कमजोर पारेको बताउँछन् । प्रस्तुत छ, उनै यादवसँग गरिएको कुराकानीको सम्पादिक अंश :

सहमहामन्त्रीमा उमेदवारी दिनुभएको छ । कस्तो 'रेस्पोन्स' पाइराख्नुभएको छ ? 
प्रतिनिधिहरूले एकदमै राम्रो रेस्पोन्स गरिराख्नुभएको छ । पार्टीमा पाका उमेदवारहरूले पनि युवाहरू आउनुपर्छ भनेर मेहनत गरिरहेको देखेको छु । उहाँहरू कांग्रेस विश्वासिलो र भरपर्दो पुस्तालाई जिम्मा लगाउन चाहन्छौँ भन्दै हुनुहुन्छ । शेखर कोइरालाको नेतृत्वमा टिम बनेको देखेर नै उहाँहरूमा आशा जागेको भन्दै हुनुुहन्छ ।

Argakhachi Cement Island Ad

संस्थापनले गुट विस्तार गर्दैछ, संस्थापनइतरको गुट छिन्नभिन्न बनेको छ । युवाहरूको टिम त बनाउनुभएको छ, जित्नु हुन्छ ? 

१४औँ महाधिवेशनमा जतिपनि महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू र आदरणीय नेताहरू आउनुभएको छ । सबै जना पार्टीको बारेमा चिन्तन् मननसहित आउनुभएको छ । नयाँ आउने नेतृत्व यस्तो हुनुपर्छ भनेर उहाँहरूले दृष्टिकोण बनाइसक्नुभएको छ । 

१३औँ महाधिवेशनबाट पार्टीमा जुन नेतृत्व आयो त्यसबा पार्टीको एउटा अवस्था बनेको छ । पार्टीभित्र देशभर जुन विकृति विसंगति आएको छ । त्यसलाई हेरेर आउनुभएका साथीहरू पार्टीको लामो इतिहास धरापमा परेको अनुभूति गरिरहनुभएको छ । पार्टीभित्र सहमति र सहकार्यले भन्दा भेदभावको राजनीतिले प्रश्रय पाएको हेर्नुभएको छ । पार्टी नेतृत्व राष्ट्रिय मुद्दा र मधेसका मुद्दामा प्रवेश गरेर पनि सम्बोधन गर्न असमर्थ भएको छ । राष्ट्रिय मुद्दा सम्बोधनको प्रयास नेतृत्वले नगरेको होइन । तर, उसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर पारेका कारण जनतासमक्ष पुर्‍याउन असफल भयो ।

शेखर काइरालाको नेतृत्वमा जुन टिम बनेको छ । हाम्रो टिमले नेतृत्व र जिम्मेवारीमा नहुँदा नहुँदै पनि राष्ट्रिय मुद्दा जनतासमक्ष पुर्‍याएका छौँ । संसद्मा हुँदा मिनेन्द्र दाइ, गगनजीहरूले नागरिकका समस्या र अधिनायकवादविरुद्ध बोल्नुभयो । उहाँहरू जनतमा गएर पनि प्रभावकारी रूपमा बोल्नुभएको छ । डा. शेखर कोइरालासहितका हामी जनतमा गएर पार्टीका साथीहरूसँगै जनतालाई राष्ट्रिय मुद्दामा सरकार कसरी जानुपर्छ ? पार्टी कसरी जानुपर्छ भनेर बुझाउने प्रयास गरेका छौँ । 

नेपालको समस्या र मधेसका समस्या र हिमाल पहाडका समस्या सम्बोधनका लागि र पार्टीलाई सफल र व्यवस्थित बनाउन हाम्रो टिमलाई समर्थन गरिरहनुभएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्