site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
जनकपुरमा छठको रौनक (तस्बिरहरू)

जनकपुरधाम । जनकपुरधाम छठको रौनक छाएको छ । बुधबार तेस्रो दिन विभिन्न जलाशय (छठ घाटमा)  अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी थालिएको छ । चार दिनसम्म निष्ठापूर्वक मनाइने छठ्मा विभिन्न जलाशय झकिझकाउ बनेका छन् । दीपावली, भातृद्वितिया लगायतको पर्व सम्पन्न भएलगत्तै अहिले आस्थाको महापर्व छठको रौनकताले छोएको छ।

मधेसका लागि छठ प्रमुख पर्वहरूमध्येको एक हो । 

Argakhachi Cement Island Ad

प्रत्येक वर्ष कातिक र चैत महिनाको शुक्ल षष्ठी तिथिका दिन जलाशयको डिलमा भगवान सूर्यदेव र षष्ठी देवीलाइ अर्घ अर्पण गरी छठपर्व मनाइन्छ । सन्तानको दीर्घायुसँगै चरम रोग ठिक हुने  जनविश्वास छ ।

श्रद्धालुहरूले आज अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसवा, नारिवल, केरा, अदुवा, फलफूलसहितका विभिन्न परिकारहरूको अर्घ अर्पण गर्नेछन् ।

जनकपुरको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगज्जा, नवकी पोखरी, दशरथ तलाउ, भुतही पोखरी लगायत दर्जनौ पोखरीहरूलाई दुलहीझैँ सिङ्गारिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्