site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
राजदेवी मन्दिरमा श्रद्धालुहरूको घुइँचो, १५ हजार बोकाको बलि दिइने (तस्बिरसहित)

जनकपुरधाम । जनकपुरस्थित राजदेवी मन्दिरमा यसवर्ष करिब १५ हजार बोकाको बलि दिइने भएको छ । मन्दिरमा यसवर्ष करिब १५ हजार बोकाको बलि दिइने अनुमान गरिएको महाविर युवा कमिटीले जानकारी दिएको छ । कमिटीकाअनुसार आज राति ८ बजेदेखि बोकाको बलि चढाउन सुरु हुनेछ । 

यसैबीच, मन्दिरमा प्रसाद चढाउन श्रद्धालुको बुधबार बिहानैदेखि घुइँचो लागेको छ । प्रसाद चढाउनेहरूको लाइन करिब एक किलोमिटरसम्म लामो छ । शिव चोक, जनक चोक हुँदै मन्दिरमा श्रद्धालुहरू पुग्ने व्यवस्था राखिएको छ । श्रद्धालुको भिडलाई व्यवस्थित बनाउन स्वयम्सेवक र प्रहरी परिचालन गरिएको छ । 

Argakhachi Cement Island Ad

यसैगरी मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । 

राजदेवी मन्दिरलाई राजा जनकको कुल देवताको रूपमा चिनिन्छ ।

तस्बिरहरू : कमलेश ठाकुर

प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्