
काठमाडौं । दसैँ भन्नेबित्तिकै जोडिएर आउँछ मासुका विभिन्न परिकार । दसैँभर कतिपय व्यक्तिका घरमा मासुका विभिन्न परिकारहरू पाक्ने तर अरू तरकारी कम पाक्ने गरेको पनि पाइन्छ । यी दिनहरूमा पनि साबिकजस्तै दाल, तरकारी, सागपात मिलाएर सन्तुलित खाना खानुपर्ने विज्ञहरू बताउँछन् ।
लगातार धेरै दिनसम्म मासु मात्रै खाइराख्नु पनि स्वस्थकर हुँदैन । एकपटक पकाएको मासु फ्रिजमा राखेर पटक–पटक तताउँदै खानुभन्दा जति खाने हो त्यति मात्रै तताएर प्रयोग गर्न विज्ञहरू सुझाउँछन् ।
एउटै तेलमा पटक–पटक खानेकुरा पकाउँदा त्यसमा हुने पोषण ह्रास हुँदै जाने र कब्जियत र कोल्स्ट्रोल बढ्ने समस्या निम्त्याउने पोषणविद्हरू बताउँछन् ।
त्यस्तै, शाकाहारीले पनि दसैँ मनाउने क्रममा एकै प्रकारको खानेकुरा धेरैपटकभन्दा धेरै प्रकारका खानेकुरा थोरै–थोरै मिलाएर खाँदा स्वस्थकर हुन्छ । प्रस्तुत छ, दसैँमा खानपानका विषयमा जनस्वास्थ्यविद् डा. अरूणा उप्रेतीसित बाह्रखरी संवाददाता अस्मिता रिजालले गरेको भिडियो कुराकानी :