site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
शेरबहादुर देउवाले सभापतिमा उमेदवारी दिए केपी ओलीको हालत हुन्छ  

गोपालमान श्रेष्ठ कांग्रेसका पुराना नेता हुन् । लामो समयदेखि स्याङ्जाबाट प्रतिनिधित्व गर्ने श्रेष्ठ सात दलको नेतृत्वमा भएको तत्कालीन आन्दोलनका एक कमान्डर थिए ।

पार्टीभित्रको राजनीतिमा पछि परेका नेता श्रेष्ठले यसपल्ट सभापतिको दाबी गरेका छन् ।

लामो समयदेखि शेरबहादुर देउवासँगै रहेका नेता श्रेष्ठले यसपल्ट देउवाले आफूलाई काँध नहाले दुर्घटनामा पर्ने चेतावनी दिन्छन् ।
प्रस्तुत छ, उनै श्रेष्ठसँग बाह्रखरीका रमेश वाग्ले रोमन आचार्यले कांग्रेस महाधिवेशन केन्द्रित गरेको छलफलको सम्पादित अंशः

Argakhachi Cement Island Ad

१४औँ महाधिवेशनमा शेरबहादुर देउवाले काँध फेर्नुपर्छ भन्दै हुनुहुन्छ, काँध म थाम्छु भनेर लाग्नुभएको कि त्यसो भन्दा छोडिहाल्छन् कि भनेर प्रयास मात्र गर्नुभएको ? 

मैले जेन्युन कुरा गरेको । डेमोक्रेसीमा अनवरत एउटै नेतृत्व हुँदैन । यो कम्युनिस्ट पार्टी होइन । कम्युनिस्ट पार्टी भए त्यस्तो हुन्छ । माओत्से तुङ पनि त्यस्तै भयो, उत्तर कोरियामा किम परिवारको त्यस्तै छ । त्यस्तो त होइन नि हाम्रो पार्टी । हाम्रो डेमोक्रेसीमा आफ्ना साथीभाइ, आफ्ना कलिक्सलाई पालो दिने हो । जसले सहयोग गर्दै आएका छन्, उनीहरूलाई नेतृत्वमा लैजान पहल गर्ने हो ।

शेरबहादुर देउवालाई मैले १०औँ महाधिवेशनदेखि सहयोग गर्दै आएको हुँ । पार्टी फुटेको अवस्थामा ११औैँ महाधिवेशन छुट्टाछुट्टै भयो । त्यस बेला ज्ञानेन्द्रले उहाँलाई जेलमा राखेका थिए । त्यस बेलाको आन्दोलन पार्टीका तर्फबाट मैले नै नेतृत्व गरेर अघि बढाएको हुँ । आन्दोलन मात्र होइन, निर्णायक ठाउँमा पनि पुर्‍याएको हुँ । आन्दोलनलाई सफल बनाएको हुँ ।

शेरबहादुर देउवालाई मैले १०औँ महाधिवेशनदेखि सहयोग गर्दै आएको हुँ । पार्टी फुटेको अवस्थामा ११औैँ महाधिवेशन छुट्टाछुट्टै भयो । त्यस बेला ज्ञानेन्द्रले उहाँलाई जेलमा राखेका थिए ।

११औँ महाधिवेशनमा शेरबहादुरजी जेलमा हुनुुहुन्थ्यो । कार्यवाहक सभापति भएर मैले नै महाधिवेशन गराएको हुँ । धेरैले घचघचाएका थिए, धेरैले मलाई सभापति उठ भनेका थिए । त्यस बेला मलाई घचघचाउनेहरू मलाई ठिक लागेन । उहाँलाई शाही आयोग गठन गरेर थुनिएको थियो । त्यति बेला पार्टीको साथीलाई दुःख परेका बेला मैले साथ दिनुबाहेक अर्थोक सोचिनँ ।

जेलमा रहेको साथीलाई धोका दिनु हुन्न भनेर शेरबहादुरजी सर्वसम्मत व्यक्तित्व हो भन्ने कुरा स्थापित गराउनु थियो । उहाँलाई निर्विरोध सभापति बनाउनुपर्छ, म पनि लड्दिन हुन्न, अरूले पनि लड्नु हुँदैन भनेर लड्न खोजेको साथीलाई पनि थमथमाएर रोकेर सर्वसम्मत बनाएको हुँ । त्यस बेलाको शाही आयोगलाई जवाफ दिन पनि त्यसो गर्नु आवश्यक थियो । शाही आयोग गठन गर्ने ज्ञानेन्द्रलाई शेरबहादुर देउवा भनेको पार्टीको शक्तिशाली व्यक्तित्व हो, सर्वसम्मत नेता हो भनेर देखाउनु थियो । त्यसमा म सफल भएँ ।

त्यो सफलतापछि पनि तपाईं उहाँकै समर्थक बनेर बस्नुभयो होइन ? 

१२औँ महाधिवेशन पार्टी एक भएर भएको थियो । मैले उहाँलाई पूरा सपोर्ट गरेँ, झिनो मतले हामी हार्‍यौँ । १३औँमा हामी सफल भयौँ । अब १४औँ महाधिवेशन हुँदै छ ।

१४औँ महाधिवेशनमा तपाईं देउवाको सहयोगी बन्न तयार हुनुु हुन्न ? 

अहिले परिस्थिति बदलिसक्यो । गत फागुनमा नै महाधिवेशन घोषणा भएको थियो, त्यस बेला नै मैले आफूलाई सभापतिको रूपमा प्रस्तुत गरेको थिएँ । उहाँले मैले छोड्दा तपाईंलाई नै छोड्ने हो गोपालमानजी, मपछि तपाईं नै हाम्रो टिमको सिनियर हो भन्नुभएको थियो ।

अहिले त शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । अब उहाँहरूले मुलुक चलाउन प्रधानमन्त्रीको पदलाई राम्रोसँग सम्हाल्ने हो ।

उहाँले मैले छोड्दा तपाईंलाई नै छोड्ने हो गोपालमानजी, मपछि तपाईं नै हाम्रो टिमको सिनियर हो भन्नुभएको थियो ।

उहाँले अब पार्टी सभापतिको ख्वाब राख्नु हुन्न भन्ने मेरो भनाइ हो । किनभने, उहाँलाई कोलिसन गभर्मेन्ट चलाउनु नै चुनौतीपूर्ण छ । उहाँलाई एक छिन पनि फुर्सद छैन । खाने र नित्यकर्म गर्नेसमेत फुर्सद नहुने पदमा बसेको व्यक्तिले फेरि सभापति चुनिएर पार्टीको पनि बागडोर मै लिन्छु भन्नु हुँदैन उहाँले ।

शेरबहादुर देउवा त त्यही भन्दै हुनुहुन्छ, तपाईंले सुन्नुभएको छैन ? 

हैन, हैन । अहिले भन्ने कुरा अर्कै हो । उहाँलाई मान्छेले भन्नुपर्‍यो । उहाँका निकटहरूले उहाँलाई खुसी पार्न होइन, विवेकमा लागेका कुरा बताउन थाल्नुपर्‍यो ।

उहाँपछिका केहीले अब सम्मानित नेता भएर बस्दिनुस् भन्दा पनि उहाँले यसपटक मै लड्छु भन्नुभएको होइन र ?

अब उहाँले त्यो कुरा भन्नै हुँदैन । त्यही कुरा भन्दा दुईतिहाइ बहुमतको प्रधानमन्त्री केपी ओली सडकमा पुगे कि पुगेनन् ?

पार्टीको बागडोर पनि मै लिन्छु, सरकारको नेतृत्व पनि मै लिन्छु भन्दा के भयो उहाँको हालत ? अझ विभिन्न महत्त्वपूर्ण विभागहरू राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसहितका विभाग आफ्नै मातहतमा ल्याउनुभयो ।

आफू अत्यन्त शक्तिशाली, हिजोको राजा भन्दा पनि शक्तिशाली बन्ने कोसिस त गर्नुभयो । तर, के भयो उहाँको शक्ति सञ्चयले ? उहाँ त दुईतिहाइको सरकारबाट अल्पमतमा पुगेर दुःखद रूपमा पदच्युत हुनुभयो नि । सडकमा पुग्नुभयो नि !

अब उहाँले त्यो कुरा भन्नै हुँदैन । त्यही कुरा भन्दा दुईतिहाइ बहुमतको प्रधानमन्त्री केपी ओली सडकमा पुगे कि पुगेनन् ?

त्यसकारणले त्यो सोच राख्नु हुन्न भनेर हाम्रा निकट साथीहरूले, उहाँका कलिक्सहरूले भन्नुपर्‍यो । भेटेर भन्नुपर्‍यो, सार्वजनिक रूपमा भन्नुपर्‍यो, मिडियाबाट भन्नुपर्‍यो । मैले आजदेखि होइन, विगतदेखि नै भन्दै आएको छु । अब त अधिवेशन सम्पन्न गराएर उहाँ पार्टीको आदरणीय व्यक्ति भएर बस्नुपर्‍यो । उहाँले सरकार स्मुथ्ली चलाउनुपर्‍यो ।

सरकारचाहिँ तपाईंकै भाषामा स्मुथ्ली चलेको छ ? 

हेर्नुस्, आज उहाँले शपथ लिएर काम थालेको दुई महिना भइसक्यो । उहाँले सरकारलाई पूर्णता दिन सक्नुभएको छैन । मैले उहाँलाई चुस्त–दुरुस्त आफ्नो सचिवालय बनाइहाल्नुस् भनेको हुँ ।

अन्तर्राष्ट्रिय मामिलाविज्ञ, अर्थशास्त्रका विज्ञ, प्रशासनका विज्ञ, सुरक्षा र कानुनका विज्ञ, नेपालको वर्तमान समस्याका विषयमा समाधान निकाल्न सक्ने विज्ञ सल्लाहकार ‘नियर अबाउट’ ५० जनालाई नियुक्त गर्न त उहाँलाई अधिकार नै छ ।

त्यो सचिवालयलाई पनि पूर्णता दिनुभएको छैन । एउटा प्रमुख स्वकीय सचिवबाहेक अरूलाइ नियुक्त गर्नुभएकै छैन । त्यो कामलाई त गठबन्धनका अरू पार्टीले रोकेका त थिएनन् ।

हामी र फरक समूहमा रहेका साथीहरूले पनि रोकेका त छैनन् । त्यसले गर्दा म के चाहन्छु भने मुलुकको प्रधानमन्त्रीलाई एकदमै विषयविज्ञ इमानदार सल्लाहकारहरू चाहिन्छ । अन्तर्राष्ट्रिय मामिलाविज्ञ, अर्थशास्त्रका विज्ञ, प्रशासनका विज्ञ, सुरक्षा र कानुनका विज्ञ, नेपालको वर्तमान समस्याका विषयमा समाधान निकाल्न सक्ने विज्ञ सल्लाहकार ‘नियर अबाउट’ ५० जनालाई नियुक्त गर्न त उहाँलाई अधिकार नै छ । यस्तो नियुक्ति गर्न र उहाँलाई स्मुथली काम गर्न केले रोकेको छ ?

तपाईंजस्ता निकटस्थहरूले प्रश्न सोध्ने हो र ? उहाँलाई भन्दिनुस् न ।

हामीले त भन्ने हो नि । हामी सदासर्वदा दौडिँदै बालुवाटार जाने कुरा होइन । उहाँले खोजे जाने हो । मिटिङमा जाने हो ।

उहाँले शपथग्रहण गरेको दुई दिनपछि मैले उहाँलाई भेटेर आफ्ना मनमा लागेका कुरा भनेको हुँ । सुझाव लिने/नलिने कुरा त उहाँको हो नि !

उहाँले शपथग्रहण गरेको दुई दिनपछि मैले उहाँलाई भेटेर आफ्ना मनमा लागेका कुरा भनेको हुँ । सुझाव लिने/नलिने कुरा त उहाँको हो नि !

उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउँदा तपाईंले थाहा पाउनुभयो ? 

उहाँलाई हतार थियो स्वास्थ्यमन्त्री नियुक्तिमा । उहाँ आफैँ मन्त्री हुनुहुन्थ्यो । आफ्नो विश्वासपात्रलाई राज्यमन्त्री बनाउनुभयो ।

यसमा त कसैलाई सोध्यो/सोधेन भन्ने कुनै इस्यु नै होइन नि । उहाँ बाहिरबाट ल्याइएको पनि होइन । दुई–दुईपटक माननीय हुनुहुन्छ । उहाँ पहिले म शिक्षामन्त्री हुँदा नै मन्त्री बन्न चाहेको कुरा मैले बुझेको थिएँ । उहाँको योग्यतामा त प्रश्न गर्न मिल्दैन नि ।

राजनीतिमा लागिसकेपछि सर्वोच्च पदमा पुग्ने सपना हुन्छ, लक्ष्य हुन्छ । तपाईंले त्यो पदमा जाने अवसर आउँदा शेरबहादुर देउवाप्रति कृतज्ञता देखाउनुभयो । अहिले उहाँपछि टिमको सबैभन्दा सिनियर तपाईंलाई हस्तान्तरण गर्न उहाँ तयार हुनु भएन भने के गर्नुहुन्छ ? 

म कस्तो पात्र भने म जहाँ उभिन्छु, त्यहाँ अडिग रहन्छु । अरूजस्तो ढुलमुल–ढुलमुल गर्दिनँ । ०४८ सालपछि एउटा परिस्थिति डेभलपमेन्ट  भयो । ०४८ सालमा शेरबहादुरजी र म एउटै क्याबिनेटमा थियौँ । उहाँ होम मिनिस्टर हुनुभयो, म कमर्स मिनिस्टर भएँ ।

त्यो सम्झौता गरेर आएपछि किशुनजी र गणेशमानजीले ‘ए गोपालमान तिमीले इज्जत राखेर आयौ’ भन्नुभएको थियो ।

त्यसपछि एउटा घटना घट्यो । त्यो मन्त्रिपरिषद्मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गणेशमानजी र किशुनजीलाई थाहै नदिईकन छ÷आठ महिना नपुग्दै सिनियर छजना मन्त्रीहरूलाई हटाउनुभयो । म पनि त्यही छजनाभित्र परेँ ।

त्यस बेला मैले कमर्स मिनिस्टरको हैसियतमा हिन्दुस्तानसँग अत्यन्त राम्रो ट्रिटी गरेर आ’को । मैले पुरस्कार पाउनुपर्नेमा निकालिने छजनाभित्र म पनि परेँ । मैले पाँच वर्षको ट्रेड र सात वर्षको ट्रान्जिट एकापसमा कहिल्यै पनि टाइअप नहुने र पाँच वर्षको ट्रेड पाँचै वर्षमा रिन्यु हुने, सात वर्षको ट्रान्जिट सातै वर्षमा रिन्यु हुने ट्रिटी गरे ।

अहिलेसम्म त्यही मैले गरेअनुसार हिन्दुस्तानसँग चल्दै आएको छ । हामी त ल्यान्डलक कन्ट्री हो । हामीलाई अनलिमिटेड पारवहन सुविधा चाहिन्छ । त्यो सम्झौता गरेर आएपछि किशुनजी र गणेशमानजीले ‘ए गोपालमान तिमीले इज्जत राखेर आयौ’ भन्नुभएको थियो ।

मसँग जाने कर्मचारी राजाका थिए । उनीहरुले कहाँ मान्छ र भन्थे तर मैले किन नमान्ने ? नमान्ने भए सम्झौता हुँदैन भनेँ । जब मैले अडान राखेँ उनीहरुको शिर झुक्यो ।

त्यसपछि किशुनजी मदन भण्डारीको मृत्युपछि पहिले हारेकै क्षेत्रमा उपचुनाव लड्नुभयो ।  मदन भण्डारीसँगै लड्दा पनि उहाँलाइ जालसाँझी गरेर हराइयो । 

पछि मदन भण्डारीको खाली सिटमा लड्दा टिकट दिने बेला सर्वसम्मत किशुनजीलाई टिकट दिइयो । तर, किशुनजीलाई हराउनलाई पूरा राज्यशक्ति लाग्यो । प्रधानमन्त्रीले १८ मिनेट रेडियो नेपाल र एनटीभीमा सम्बोधन गरेर सूर्यमै भोट नहालेसम्म कृष्णप्रसादले हार्दैन भनेपछि किशुनजी हार्नुभयो । 

म त्यसबेला किशुनजी र गणेशमानजीले हाँकेको ३६ समूहमा थिएँ । आज पनि त्यही लिगेसीमा छु ।

त्यो परिस्थिति देखियो । पार्टी दुई चिरा भयो । एउटा चौहत्तरे समूह बन्यो अर्को छत्तिसे ।

म त्यसबेला किशुनजी र गणेशमानजीले हाँकेको ३६ समूहमा थिएँ । आज पनि त्यही लिगेसीमा छु ।

शेरबहादुर देउवा त्यसबेला चौहत्तरे समूहमा हुनुहुन्थ्यो । पछि दशौं महाधिवेशनपछि कताबाट किशुनजीको माया पाउनुभयो । 
त्यसपछि हामीले उहाँलाई स्वीकारेर अघि बढेका हौँ । 

त्यसयता आएर पनि साथीहरु मिनेट मिनेटमा क्याम्प परिवर्तन  गरिरहनुभएको थियो । पार्टी फुट्यो, फुटेर जुट्न नपाउँदै शेरबहादुर देउवाको महामन्त्री खुमबहादुर खड्का जस्ता मानिसहरु गिरिजाप्रसाद कोइरालासँग गइसकेका थिए । 

खुमबहादुर खड्कास्वर्गीय भइसक्नुभयो उहाँका विषयमा धेरै नभनौँ । तर, ममा त्यस्तो प्रवृत्ति छैन, म इमान्दारिताका साथ आफ्नो भूमिका निर्वाह गर्छु । 

तपाईंको यो इमान्दारिताको मूल्यांकन शेरबहादुर देउवाले गर्नुभयो त ? 

अहिले असाध्यै ठूलो अवसर छ उहाँलाई । उहाँले त्याग देखाउने समय आएको छ, देखिन्छ पनि । 

हाम्रो पार्टीले अवलम्बन गरेको प्रणाली एकदमै लोकतान्त्रिक प्रणाली हो । आफ्नो उत्तराधिकारी आफ्नै परिवारभित्र खोज्ने राजतन्त्रजस्तो अभ्यास होइन । 

अहिलेको कार्यसमितिमा म पदाधिकारी छैन । उहाँले किन बनाउनुभएन त्यो अर्कै पाटो छ । त्यता नजाउँ । म त्यो टिमको दोस्रो व्यक्ति हुँ

। 

अहिलेको कार्यसमितिमा म पदाधिकारी छैन । उहाँले किन बनाउनुभएन त्यो अर्कै पाटो छ । त्यता नजाउँ । म त्यो टिमको दोस्रो व्यक्ति हुँ । 

त्यसकारण त्यो हक मसँग छ । 

त्यसकारण मैले भनेको छु । अब उहाँले सरकार चलाउने हो । उहाँको टिमबाट सभापति लडेर पार्टी मैले चलाउने हो । मैले यतिसम्म भनेको छु कि उहाँलाई अहिलेको सरकार मात्र होइन । यो सरकारले त स्थानीय चुनावदेखि प्रदेश र संघको चुनाव गराउने हो । संघको चुनावपछि पनि एउटै पार्टीको बहुमत आउने अवस्था देखिँदैन । तर, ठूलो पार्टी नेपाली कांग्रेस नै हुने हो ।

अर्को पार्टीलाई लिएर सरकार बनाउने हो । फेरि पनि शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउने कुरामा मेरो असहमति रहने छैन ।

तपाईंलाई देशको प्रधानमन्त्री चाहिँ बन्नु छैन ? 

मलाई प्रधानमन्त्रीप्रति आकर्षण छैन । म पार्टी चलाउने हो । मैले पार्टीलाई सुदृढीकरण गर्ने हो । 

म गुट फेर्ने मान्छे होइन भन्दै हुनुहुन्छ  । यसरी पनि उमेदवार नबनाए पनि हाम्रै मान्छे हो भन्ने पर्दैन र ?

एकदमै बेठिक हुन्छ । उहाँहरुले अहिले पनि मलाई बेवास्ता गर्नुभयो भने दुर्घटना हुन्छ । त्यो दुर्भाग्यपूर्ण हुन्छ । अब गोपालमानले जे गरे पनि सहन्छ, जे गरे पनि मान्छ भनेर उहाँहरुले बेवास्ता गर्नुभयो भने त्यो पार्टीकै लागि दुर्भाग्यपूर्ण हुन्छ । 
अर्को समूहले हाम्रो समूहबाट एउटै उमेदवार हुन्छ भनेर पत्रकार सम्मेलन गरे । 

११ औं महाधिवेशन कांग्रेसको छुट्टा छुट्टै भयो । गिरिजाप्रसाद कोइरालाहरुले मंसिरको अन्तिमतिर जाउलाखेलको मैदानमा टेन्ट टाँगेर महाधिवेशन गर्नुभयो ।

त्यहीअनुसारको सन्देश तलसम्म गएको छ । त्यो पक्षका प्रतिनिधिहरु अब ढुलमुल नगरी त्यही टिममा आवद्ध भएर आउनेवाला छन् । त्यसले हाम्रो टिमको एकता नभए अप्ठेरो अवस्थामा पुर्‍याउने छ । 

११ औं महाधिवेशन कांग्रेसको छुट्टा छुट्टै भयो । गिरिजाप्रसाद कोइरालाहरुले मंसिरको अन्तिमतिर जाउलाखेलको मैदानमा टेन्ट टाँगेर महाधिवेशन गर्नुभयो । मैले कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिको हैसियतमा उपस्थित भएर शुभेच्छा दिएको थिएँ ।

त्यसको तीनचार महिनापछि मैले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भव्य रुपमा विदेशी पाहुनाहरु र अन्य पार्टीका नेताहरुलाइ पनि बोलाएर महाधिवेशन गराएको हो । म टेष्टेड फिगर हो । म सबैलाई समेटेर अघि बढ्ने हो । 

अहिले शेरबहादुर देउवाले सबैलाई समेटेर लैजान सक्नुभएन भने ? 

म के चाहन्छु भने अहिलेको बेलामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरे राम्रो हुन्छ ।

मैले त सपना देखेको छु, तर त्यो सम्भावना कम छ । र, उहाँले आफ्नो टिममा पनि कसले कहाँसम्म कतिसम्म सहयोग गर्यो गरेन भनेर हेर्नुपर्छ । 

उहाँ जेलमा हुँदा पनि मैले नसोधिकन काम गरिनँ । नीतिगत रुपमा पास गर्ने कुरामा पनि उहाँसँग छलफल नगरी मैले कुनै काम गरिन । 

मैले त सपना देखेको छु, तर त्यो सम्भावना कम छ । र, उहाँले आफ्नो टिममा पनि कसले कहाँसम्म कतिसम्म सहयोग गर्यो गरेन भनेर हेर्नुपर्छ । 

११ औँ महाधिवेशनमा पनि कदमजम पारित गर्ने कुरा, संघीयतामा जाने कुरा सबै मैले उहाँसँग छलफल गरेर नै पारित गराएको हुँ । 

संघीयताको टायर मात्र फरक भएको हो । हामीले त्यस बेला नै पारित गरेका थियौँ । 

अब अहिले शेरबहादुर देउवाले तपाईंलाई नै दिनुहुन्छ भन्ने के विश्वास छ ?

अहिले परिस्थिति फरक भएको छ । उहाँले जसलाई विश्वास गर्नुभयो नि, उनीहरुबाट कति सहयोग भयो, कति असहयोग भयो उहाँले बुझ्ने कुरा हो । उहाँले १२औं, १३ औं अधिवेशनमा भन्नुहुन्थ्यो, म पछि तपाईँ नै त हो नि गोपालमानजी भनेर । 

म त फेरि एकीकृत कांग्रेसको पहिलो उपसभापति हो । 

जब ०६४ को चुनावमा जानुभन्दा पहिले महासमिति सदस्य र महाधिधवेशन प्रतिनिधि भेलाबाट हाम्रो पार्टीको एकता भयो । 

पछि मात्र रामचन्द्रजी पौडेललाई उपसभापति बनाइएको हो । मैले १३ औं महाधिवेशनपछि पोर्टफोलियोको प्रश्न उठाएकै हो ।  पछि उपसभापति बनाउँछु भनेर शेरबहादुर देउवाले भन्नुभएको थियो । तर बनाउनुभएन ।

त्यसबेला सभापति गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो, वरिष्ठ नेता शेरबहादुर देउवा हुनुभयो । पार्टी एकता घोषणा हुँदा कार्यवाहक सभापति सुशील कोइराला हुनुहुन्थ्यो, उपसभापति म मात्र थिएँ । पछि मात्र रामचन्द्रजी पौडेललाई उपसभापति बनाइएको हो । मैले १३ औं महाधिवेशनपछि पोर्टफोलियोको प्रश्न उठाएकै हो ।  पछि उपसभापति बनाउँछु भनेर शेरबहादुर देउवाले भन्नुभएको थियो । तर बनाउनुभएन ।

तपाईंले शेरबहादुर देउवा उमेदवार नभएमात्रै उमेदवारी दिने हो कि उहाँले दिँदा पनि ?

शेरबहादुर देउवाले महसुस गर्नुभएन भने दुर्घटना हुन्छ भने नि मैले । उहाँ पनि मैदानमा आउनुहुन्छ म पनि मैदानमा आउँछु । त्यति त बुझ्नुपर्‍यो नि । 

म ‘ब्याक’ हुनका लागि उमेदवारी घोषणा गरेको होइन । तर मेरो अहिलेसम्म पनि विश्वास के छ भने त्यतिबेलासम्म उहाँले महसुस गर्नुहुन्छ कि म अब पनि अघि बढे भने पार्टीमा दुर्घटना हुन्छ भनेर । 

म ‘ब्याक’ हुनका लागि उमेदवारी घोषणा गरेको होइन । तर मेरो अहिलेसम्म पनि विश्वास के छ भने त्यतिबेलासम्म उहाँले महसुस गर्नुहुन्छ कि म अब पनि अघि बढे भने पार्टीमा दुर्घटना हुन्छ भनेर । 

धेरै धेरै ठक्कर खाइसक्नुभएको छ, अब उहाँलाई पनि –‘चेतना भया’ भन्ने लाग्छ ।  साँझपख सुत्नेबेला आँखा चिम्म गरेर उहाँले सोच्नुभयो भने त्यो बेला मेरो बाहेक अर्कोको नाम आउँदैन ।

तर शेरबहादुर देउवाले १३ औँ महाधिवेशनमा विमलेन्द्र निधिलाई बचन दिनुभएको थियो भन्ने कुरा आएको छ नि !

त्यो बचन दिएको हो भन्ने मलाई लाग्दैन । मलाई नै उहाँले गत फागुनमा महाधिवेशन हुने बेलामा मैले छोड्दा गोपालमानजी तपाईं बाहेक कोही पनि छैन भन्नुभएको हो । 

विमलेन्द्र निधि र मेरो पनि कुरा भयो । मैले भनेँ–विमलजी मर्यादाक्रममा तपाईं उपसभापति हो । तर, यो टिममा सिनियर नेता त म हो नि ।

विमलेन्द्र निधि र मेरो पनि कुरा भयो । मैले भनेँ–विमलजी मर्यादाक्रममा तपाईं उपसभापति हो । तर, यो टिममा सिनियर नेता त म हो नि ।

उहाँले शेरबहादुर देउवाले तपाईंलाई अघि सार्नुभयो भने मैले समर्थन गर्छु भन्नुभएको छ ।

उमेरका हिसाबले पनि अब धेरै समय मसँग छैन । 

म सभापति भएर बिदा लिन्छु , १५ औँ महाधिवेशनमा निधिजी निर्विवाद सभापति हो ।

तपाईं र विमलेन्द्र निधिबीच सहकार्य हुन सक्छ ?

एलाइन्स कस्तो बन्छ कस्को बन्छ भन्ने कुरा त त्यो समयकै कुरा भयो । मेरो र विमलेन्द्रजीको पनि हुन सक्छ अरु नेताहरुबीच पनि हुन सक्छ । 

मैले प्रकाशमानसिंहसँग पनि कुरा गरेको छु । उहाँ हिजो हामीसँगै हुनुहुन्थ्यो । किन हो उहाँ जानुभयो ।

मैले प्रकाशमानसिंहसँग पनि कुरा गरेको छु । उहाँ हिजो हामीसँगै हुनुहुन्थ्यो । किन हो उहाँ जानुभयो ।

तर, प्रकाशमानजीलाई मैले हिजोका दिनमा धेरै सहयोग गरेको छु । उहाँ जेलमै हुनुहुन्थ्यो शेरबहादुरजीसँगै । मैले ११ औँ महाधिवेशन गराउँदा आफूले पनि खुला १८ मा उमेदवारी दिएको थिएँ । तर, मैले नै खुला १८ मा भोट हाल्दा पहिलो नम्बरमा प्रकाशमानजीलाई भोट हाल्नुहोला, कसैले पनि नछुटाउनु होला, त्यसपछि आफूलाई मन परेका अरुलाई भोट हाल्नुहोला भनेको हुँ, उहाँको पपुलर मत पनि आएकै हो । 

शाही आयोगले थुनेका शेरबहादुर देउवालाई मिल्यो त्यसैले सर्वसम्मत गरेको हुँ । 

प्रकाशमान सिंहलाई प्राविधिक हिसाबले मात्रै सर्वसम्मत गर्न नसकिएको हो ।

पार्टी एकतापछि विमलेन्द्र र प्रकाशमान दुवै महामन्त्री हुँदा कसको नाम पहिले राख्न भन्ने विवाद भयो । मैले नै शेरबहादुर देउवालाई दुई भाइहरु मिलेनन् एकजनालाई उपसभापति बनाइदिनुस् भनेपछि प्रकाशमानजी उपसभापति बन्नुभएको हो । 

म गणेशमानजीको एकदमै प्रिय पात्र हुँ । उहाँ घर छोडेर खुमलटारमा एकजना मल्लजीको घरमा बस्न जानुभएको थियो । त्यहाँ पनि मलाई बोलाउने गर्नु हुन्थ्यो र यसो गर भन्नुहुन्थ्यो । म बीपी र किशुनजीको पनि त्यतिकै प्यारो मान्छे हुँ । 

म गणेशमानजीको एकदमै प्रिय पात्र हुँ । उहाँ घर छोडेर खुमलटारमा एकजना मल्लजीको घरमा बस्न जानुभएको थियो । त्यहाँ पनि मलाई बोलाउने गर्नु हुन्थ्यो र यसो गर भन्नुहुन्थ्यो । म बीपी र किशुनजीको पनि त्यतिकै प्यारो मान्छे हुँ । 

शशांक कोइराला पार्टीको राजनीतिमा आउनुभयो । राजनीतिमा आएपछि चुनाव लडनुपर्‍यो । उहाँलाई सप्तरीमा टिकट दिएर चुनाव लड्न पठाउन खोजिएको थियो । 

बीपीको जेठो छोरा प्रकाश त बाटो बिराएर राजासँग मिल्न जानुभयो । कान्छो छोरा आउनुभएको छ, उहाँलाई पनि मधेसीहरुको बोलवाला भएको र पहाडी भगाउ भन्ने अभियान चलिरहेका बेला सप्तरीमा गिरिजाप्रसाद कोइरालाले पठाउन खोजेपछि नवलपरासी, जहाँ पहाडिया समुदायको बाहुल्यता छ त्यहाँ कांग्रेस कहिल्यै हारेको छैन भनेर मेरै सल्लाहमा त्यहाँ पठाइएको हो ।

तपाईं सभापति हुनुभयो भने कस्तो कांग्रेस बनाउने सपना देख्नुभएको छ ? 

मैले भने नि । यो पार्टीलाई चुस्त दुरुस्त बनाउने हो । यो पार्टीमा धेरै गुट उपगुट भए । पार्टीमा पावर सेयरिङ हुन्छ हुनुपर्छ । त्यो भनेको बुझाइको मात्रै हो ।

एउटा मन्त्री बन्छ, फलानोको टिमबाट गयो भनिन्छ, कांग्रेसको भनिँदैन । यो रामचन्द्रको टिमबाट आयो भनिन्छ, त्यहाँ पनि यो शशांकको मान्छे, प्रकाशमानको मान्छे, सिटौलाको मान्छे भन्छ । यो कुराको अन्त्य गर्नुपर्छ । नेताहरुबीचको बुझाइमा मात्र भागबण्डा हुनुपर्छ ।

कांग्रेसमा पावर शेयररिङ पनि लाजमर्दो अवस्थामा पुगिसक्यो । एउटा मन्त्री बन्छ, फलानोको टिमबाट गयो भनिन्छ, कांग्रेसको भनिँदैन । यो रामचन्द्रको टिमबाट आयो भनिन्छ, त्यहाँ पनि यो शशांकको मान्छे, प्रकाशमानको मान्छे, सिटौलाको मान्छे भन्छ । यो कुराको अन्त्य गर्नुपर्छ । नेताहरुबीचको बुझाइमा मात्र भागबण्डा हुनुपर्छ ।

त्यसरी एकसाथ लैजान के गर्नुहुन्छ ? 

हेर्नुस् सबै व्याख्या त अहिले नगरौँ होला । तर, कांग्रेसको झण्डाका चार तारामध्ये एक तारा धार्मिक स्वतन्त्रता हो । यो धर्म निरपेक्षता भनिदिएकाले धेरै नेपालीहरुको चित्त दुखेको छ । मानिसहरुलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता संविधानमार्फत नै दिने हो । यो धर्म निरपेक्षता भन्ने शब्द कसैलाई मन परेको छैन । 

त्यसैले भोलिका दिनमा धार्मिक स्वतन्त्रतामै जाने हो । यसलो पार्टी एक गर्छ अनि देशलाई पनि एक बनाउँछ । हामी द्वन्द्व झगडामा फसेर मात्र देश गरिब भएको हो ।

त्यसैले भोलिका दिनमा धार्मिक स्वतन्त्रतामै जाने हो । यसलो पार्टी एक गर्छ अनि देशलाई पनि एक बनाउँछ । हामी द्वन्द्व झगडामा फसेर मात्र देश गरिब भएको हो ।

हामीसँगको अथाह जडिबुटिको प्रयोग हुन सकेन । पेट्रोलियम पदार्थदेखि युरेनियमसम्म छन् भनिएको छ । त्यसको उपयोग नै हुन सकेको छैन । यत्रो दुनियाँका आकर्षण भएका पुशपतिनाथदेखि मुक्तिनाथ र लुम्बिनी छन् । यिनको उपयोग राम्रोसँग हुन नसक्दा लाखौँ युवा विदेशीनु परेको छ । 

शिक्षा नीति ठिक नहुँदा लाखौँ युवा विदेशिए ।

गाउँमा बसेर हलो जोत्ने किसानले मेरो पार्टी कांग्रेस हो किन भने उसले मेरो विषय बोलिदिन्छ भन्ने बनाउनुपर्यो । ठूला महलवाला र उद्योगीहरुले मात्र कांग्रेस पार्टी गतिलो हो भनेर पुग्दैन । त्यसका लागि हामीले काम गर्नुपर्छ । त्यसपछि हुन्छ राष्ट्रिय एकता, त्यसपछि हुन्छ जनताको एकता । 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्