site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनकपुरमा विपक्षी गठबन्धनका युवाहरूले प्रधानमन्त्रीको पुतला जलाए (तस्बिरसहित)

जनकपुरधाम । जनकपुरधाममा विपक्षी गठबन्धनका पाँच दलका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन् । बुधबार जनकपुरधाममा नेपाली कांग्रेस, जसपा, नेकपा माओवादी केन्द, एमालेको माधव नेपालपक्ष र राष्ट्रिय जनमोर्चाका युवाहरूले प्रधानमन्त्री ओलीको कदम र अभिव्यक्तिविरुद्ध प्रदर्शन गर्दै पुतला जलाएका हुन् ।

संयुक्त विद्यार्थी संगठनको अगुवाइमा जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विरोध र्‍यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

Argakhachi Cement Island Ad

उनीहरूले प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने विषयमा दिएको अभिव्यक्ति गल्ती भएको र उनको कदम अलोकतान्त्रि भएको नाराबाजीसमेत गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १८:५९
प्रतिक्रिया दिनुहोस्