
काठमाडौं । नेपालमा कोभिड १९ सँगसँगै युके भेरियन्टको संक्रमण बढ्दै गएको छ । पछिल्लो साता जटिल प्रकारका संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
कोभिड १९ को संक्रमणबाट हालसम्म १९ वर्षमुनिका ४६ जनाको मृत्यु भइसकेको छ ।
पछिल्ला चार महिनाको अवधिमा १० वर्षमुनिका ६ हजार ६ सय १८ जनामा संक्रमण देखिएको छ ।
नेपालमा कोभिड–१९ को उपचारका लागि देशभर एक हजार १ सय ६ आईसीयू र ४ सय ६१ भेन्टिलेटर छुट्याइएका छन् जसमध्ये आइतबारसम्म १६२ वटा आईसीयू र भेन्टिलेटरमा सिकिस्त अवस्थाका संक्रमित रहेका छन् भने ११६ जना आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् ।
सबैभन्दा धेरै संक्रमित देखिएको काठमाडौं उपत्यकाका तीन जिल्ला ‘रेड जोन’ मा परेका छन् । बालबालिकामा अहिले देखिएको संक्रमण यही दरमा बढ्दै जाने हो भने अहिले भएका भेन्टिलेटर आईसीयू, आइसोलेसन वार्डलगायत अहिले भइरहेको जनशक्तिले धान्न नसक्ने आकलन विज्ञहरुले गरेका छन् ।
संक्रमणको दरलाई मध्यनजर गर्दै अस्पतालहरुलाई बालमैत्री बनाउनुपर्ने र उपकरण तथा जनशक्ति थप गर्नुपर्ने धारणा वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको छ ।
भाइरसले आफ्नो रुप परिवर्तन गर्दै बालबालिकामा संक्रमण बढाएकोप्रति सरकार र जनस्तरबाट अहिले नै सजग हुनपर्ने डा. पुनको भनाइ छ ।
पछिल्लो समय रुप परिवर्तन गर्दै गएको कोभिड १९ को संक्रमण, बालबालिकामा यसले पार्नसक्ने दीर्घकालीन प्रभाव र सुरक्षाका उपायबारे बाह्रखरी संवाददाता अस्मिता रिजालले वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरेको भिडियो कुराकानी :
भिडियो : सचीन श्रेष्ठ