site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
केपी ओलीले पहल गरेमात्रै एमाले एक हुन सक्छ : केशरमणि पोखरेल  

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा पुराना वामपन्थी नेताहरु सहभागी बने । 

यहि चैत ४ र ५ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा भएको भेलामा पुराना नेताहरु अतिथिको रुपमा उपस्थित भएका थिए । 

Argakhachi Cement Island Ad

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा निर्णय फिर्ता गरेपछि एमाले विवाद चुलिएको छ । 

विवादकाबीच भएको उक्त समूहको कार्यकर्ता भेलामा उपस्थित भएका पुराना नेतामध्ये थिए, केशरमणि पोखरेल । 
उनै पोखरेललाई हामीले कार्यक्रममा उपस्थिति, एमाले एकता, अहिलेको अवस्थालगायतका विषयमा केही जिज्ञासा राखेका थियौं । 

कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताको नेता हुनुहुन्छ । पार्टीभित्रको विग्रह देख्दा कस्तो अनुभुति भइरहेको छ ? 
हाम्रा पार्टीका अध्यक्ष कमरेड केपी ओलीले जसरी पार्टी परिचालन गरिरहनुभएको छ । त्यो पार्टीको विधि, विधान प्रक्रिया, विचार, सिद्धान्त सबै कुराको प्रतिकूल छ । देशव्यापीरुपमा कार्यकर्ता तहमा आक्रोश छ । 

तपाईँहरु एउटा कित्तामा उभिँदा, यसरी एक पक्षीय भेलामा जाँदा पार्टी जोगिन्छ ?
अहिले पनि विभाजन होस् भन्ने मनसाय कसैको छैन । त्यसको निम्ति त कमरेड केपीले सोच्नुपर्‍यो । किनभने उहाँ त अध्यक्ष हो नि । उहाँले सोचेपछि समस्याको निदान हुन्छ । 

के भयो भने पार्टी एकताबद्ध रहन्छ ? आन्दोलन छिन्नभिन्न हुँदैन ?
पार्टीलाई एकताबद्ध गर्नैपर्छ । त्यसको अर्को विकल्प छैन । जनताले पार्टी एकीकृत भएर, एउटै आवाजको साथ सबैतिर विकासको प्रयासमा पार्टी अघि बढोस् । 
पार्टी एकताको बाधक केपी ओली वा ओली प्रवृत्ति हो ?  अथवा के हो ?
केपी ओलीले पहल गरेमात्रै पार्टी एकता हुन सक्छ । पार्टी एक भएर जान सक्छ । 
पार्टी एक बनाएर जान आम कार्यकर्तालाई के सुझाव दिनुहुन्छ ? 
आम कार्यकर्तालाई पार्टीको विचार, सिद्धान्त विधि, विधानअनुसार हिँड्न र पार्टीलाई अझै मजबुत गर्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्