site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
अब मुद्दा हाल्ने पालो विपक्षीको

नेपाल कम्युनिस्ट पार्टी आफ्नो नाममा रहेको भन्दै सर्वोच्च अदालत गुहारेका ऋषि कट्टेलले आफ्नो पक्षमा फैसला आएपछि पूर्वएमाले र पूर्वमाओवादी नेताहरुले मिडिया, पैसा र पावरमा आफूलाई पेलेको प्रतिक्रिया दिएका छन् । उनै कट्टेलसँग बाह्रखरीका विशन क्षेत्रीले गरेको संक्षिप्त कुराकानी ।


फैसला तपाईंको पक्षमा आएछ, प्रतिक्रिया के छ ?
मुद्दा भएको थियो, मुद्दामा हाम्रो पक्षमा फैसला भएको सुनेँ, मैलेचाहिँ । खुसी लाग्यो । पुरानो माओवादी केन्द्र र एमाले काम गरेर फैसला गरिदिएको छ रे । 

पुरानो माओवादी, एमाले अर्कैको नाममा दर्ता छ, नेकपा तपाईंले पाउनुभयो । देश त अप्ठ्यारो स्थितिमा जाने भयो है ?
माओवादी केन्द्र त अर्कै नाममा दर्ता भइसक्यो । के गर्ने । गोपाल किराँतीसँग गएर उनले केके गर्नपर्ने हो, अप्ठ्यारोमा होलान् ।

Argakhachi Cement Island Ad

एमालेचाहिँ सन्ध्या तिवारीको नाममा दर्ता भएको छ । उनीहरुको दर्ता खारेज हुने कुरा भएन । अब यिनलाई अप्ठ्यारै छ ।

एउटा फैसलाले गर्दा देशलाई नै गाह्रो पर्‍यो है ?
यिनलाई गाह्रो पर्न पनि परेको थियो । मातेर ठालु पल्टेका गाह्रो नपरेर हुन्छ त ? त्यत्रो बहुमत पाएर सरकार चलाएको शिष्टतापूर्वक अतिक्रमण नगरी काम गर्ने ठाउँमा । सबैलाई कहिले खुट्टाले हानेको छ, कहिले टाउकोले हानेको छ । आफू मात्रै सबै कुरा हुँ भनेर हिँड्न थालेपछि, मैमत्त भएपछि गाह्रो पर्दैन त ?

जुन पार्टीबाट निर्वाचित भएका हुन, त्यो पार्टी नै नरहेपछि अब के हुन्छ ? पद पनि नरहने स्थिति आउने हो कि ?
अब विपक्षले मुद्दा हाल्ला नि, अब सुरु गर्ला । हाम्रोचाहिँ काम सकियो । यिनीहरुले मिलेपछि पार्टी एकता गरेका न हुन् । मैले यस्तो काम नगर भनेर भनेको पनि थिएँ । मरे मानेनन् । एकता गरे पनि मिल्दो नामचाहिँ नराख भनेको थिएँ । टेरेनन् । उनीहरुले आँटेका अतिक्रमण त नेपाल कम्युनिस्ट पार्टी मात्रै भनेर आँटेका हुन नि त ।

चुनाव जितेपछि नेकपा नाम दर्ता भएको हो, दर्ता हुने बेलामा तपाईंले सुझाव दिनुभएन ?
यही लुटेर लान खोजेका थिए, त्योचाहिँ निर्वाचन आयोगले सकेन । अनि त्यसपछि चाहिँ अन्डरलाइन राखे त्यो पनि भएन, अनि यो राखेका हुन् । जसरी भए पनि घुमाइफिराइ भए पनि नेपाल कम्युनिस्ट पार्टी लुट्न खोजेका हुन् । 
उनीहरु सत्तामा छन्, मिडिया छ, ठूलो पार्टी छ, मिडियाहरुले हाम्रा कुरा सुन्दैनन्, उनकै कुरा मात्र सुन्छ, नेपाल कम्युनिस्ट पार्टी भनेको भन्यै गरे नि त ।

जबरजस्ती गरेका थिए, त्यो जबरजस्तीमा चाहिँ अदालतले नियत साफ देखेन । उनीहरुले छुट्टै गरेको भए समस्या हुँदैनथ्यो, अहिले पनि हुने थिएन ।

ठूला नेताहरुलाई भेटेरै सुझाव दिनुभयो ?
मैले त्यस्तो नगर, मेरो पार्टी छ भन्ने कुरा उनीहरुलाई थाहा थियो नि त । प्रचण्डसँग कैयौँपटक सहकार्य, आन्दोलनमा हिँडेको होइन, उनलाई थाहा छ नि त । थाहा हुँदाहुँदै उनले चाहिँ जबर्जस्ती माने मान्छ, नमाने सरकारी रुपमा पेलेर जाने, सके त मेरो पार्टी लान्छौं भने मलाई पनि मिलाइदेऊ भन्न आउला, आएन भने ठेलेर जाने, हाम्रै मिडिया हुन्छ, पैसा, पावर हामीसँग छ । के गर्छ यसले, प्रतिरोध गर्न शक्ति पनि छैन भनेर पेलेका हुन के यिनीहरुले ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १७:५२
प्रतिक्रिया दिनुहोस्