site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
एनसेल बाह्रखरी गल्फको तयारी पूरा, पाहुनालाई पोखरा विमानस्थलमा भव्य स्वागत (तस्बिरसहित)

पोखरा । पोखरामा शनिबार हुन लागेको एनसेल बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिताको सबै तयारी पूरा भएको छ । 

प्रतियोगितामा सहभागी पाहुना तथा खेलाडीहरुलाई शुक्रबार बिहान पोखरा विमानस्थलमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले माला लगाएर स्वागत गरेका थिए । यस्तै बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, अन्य पोखराका व्यवसायीहरुले पाहुनाको स्वागत गरेका थिए ।

विमानस्थलमा पञ्‍चेबाजासहित सबै पाहुनाहरुको भव्य स्वागत भएको थियो । कार्यक्रममा सहभागी हुन कलाकार तथा अभिनेत्री मनीषा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ, डा. भगवान् कोइरालासहित ७० जनाभन्दा बढी पाहु्ना काठमाडौंबाट पोखरा पुगिसकेका छन् । बाँकी विशिष्ट पाहुनाहरु आजै दिउँसो पोखरा पुग्दै छन् । 

हिमालयन गल्फ कोर्समा शनिबार बिहान हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भइसकेको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए । 
No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तस्बिरहरु : सुनील प्रधान/बाह्रखरी

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १३:०८
प्रतिक्रिया दिनुहोस्