site stats
बाह्रखरी :: Baahrakhari
विशेष
इजलासमै उठ्यो न्यायाधीशले राति-राति प्रधानमन्त्री भेटेको प्रश्‍न, अडियो म्युट !

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले राति-राति प्रधानमन्त्री भेटेको विषयमा प्रश्न उठेको छ ।

नेकपा नेतृ शशि श्रेष्ठले संवैधानिक इजलासमा राति-राति न्यायाधीशले प्रधानमन्त्री भेटेको थाहा छ कि छैन ? भन्दै प्रश्न गरेकी थिइन् ।

Argakhachi Cement Island Ad

श्रेष्ठले पुस २६ र २७ गते चारजना न्यायाधीशले प्रधानमन्त्री भेटेकोबारे आफू जानकारी गराउन आएको बताएपछि नेपाल बार र सर्वोच्च परिसरभित्र सुनुवाइ लाइभ गरिएको ठाउँमा अडियो काटिएको थियो ।

बालुवाटार स्रोतका अनुसार पुस २६ गते सर्वोच्चका वरिष्ठतम् न्यायाधीशद्वय दीपक कार्की र मीरा खड्काले प्रधानमन्त्री  केपी शर्मा ओलीसँग राति २०:०० बजेबाट २१:१० बजेसम्म र पुस २७ गते  सपना प्रधान मल्ल र हरिकृष्ण कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा १३:२० बजेबाट १४:५५ बजेसम्म भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १६:५१
प्रतिक्रिया दिनुहोस्