site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘संवैधानिक इजलासमा पठाउने प्रधानन्यायाधीशको आदेश त्रुटिपूर्ण’
Argakhachi Cement Island Ad

काठमाडौं  । वरिष्ठ अधिवक्ता हरि उप्रेतीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश त्रुटिपूर्ण भएको बताएका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको विपक्षमा बहस गरेका उनले प्रधानन्यायाधीशको एकल इजलासको आदेशमै प्रश्न उठाएका हुन्  । 

पुस ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा संविधानको धारा ७६ (१), (७) र ८५ को व्याख्यासँग सम्बन्धित रहेको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । 

वरिष्ठ अधिवक्ता उप्रेतीले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा ती दुई धाराको मात्र व्याख्या नमागेको उनले बताए । उप्रेतीले सीमित क्षेत्राधिकार भएको संवैधानिक इजलासले नभई बृहत् पूर्ण इजलासले सुनुवाइ गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्