site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकल अनियन्त्रित भई त्रिशूलीमा खस्दा एकजनाको मृत्यु, अर्का घाइते

चितवन । नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत त्रिशूली नदीमा मोटरसाइकल अनियन्त्रित भई खस्दा एकजनाको मृत्यु भएको छ । अर्का एकजना सख्‍त घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ग.७प २०२३ नम्बरको मोटरसाइकल इच्छाकामना गाउँपालिका ५, चेपाङ डाँडास्थित त्रिशूली नदीमा साँझ करिब ६ बजे खसेको हो ।

दुर्घटनामा परी सख्त घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) मा उपचार भइरहेको थियो । उपचारको क्रममा मोटरसाइकलमा पछाडि सवार पर्वतको कुश्मा नगरपालिका १४ का भेषबहादुर क्षेत्रीको  उपचारको क्रममा बुधबार साँझ ६:४० बजे मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

सोही ठाउँका मोटरसाइकल चालक अनिल विकको सोही अस्पतालमा उपचार भइरहेको छ ।


 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  २१:११
प्रतिक्रिया दिनुहोस्