site stats
बाह्रखरी :: Baahrakhari
विशेष
वसन्तको परिवेश (तस्बिरमा)

बोष्टन (अमेरिका) । वसन्त ऋतुको मौसम हो अहिले । तर कोभिड– १९ ले सार्वजनिक जीवनका हरेक कुरामा रेकर्ड बनाउँदै गर्दा यो पनि भन्न कर लाग्छ कि थोरै मानिसहरुद्वारा अवलोकन गरिएको वसन्त ऋतु हो यो । 

लकडाउन र सामाजिक तथा शारीरिक दुरीका नियमहरुले गर्दा अहिले मानिसहरु खुला रुपले हिँड्न डुल्न पाएका छैनन् निर्धक्क भएर । कहिँ कतै भीडभाड भएर कोरोनाभाइरस सर्ने त होइन भन्ने त्रास छ । मानसिक स्वास्थको लागि हिँडडुल गर्नु महत्वपूर्ण हुन्छ । तर कोभिड– १९ को संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्दै मास्क लगाएर मानिसहरु हिँडिरहेका दृष्य देखिन्छन् । पार्क व्यवस्थापनले आफ्ना सम्पर्क कार्यालय बन्द गरे पनि भिजिटरलाई सामाजिक दुरी कायम गरेर मात्र घुमफिर गर्न आग्रह गरेको छ । 

तर प्रकृति प्रकृति नै हो । नामको अर्थ जस्तै, नियमहरुको एउटा अविच्छिन्न संगालो । मानवनिर्मित चालचलनहरु, व्यवहारहरु परिवर्तन हुनसक्छन्, तिनमा विराम लाग्न सक्छन् तर प्रकृतिको नियम र गति आफ्नै चालमा चलेकै हुन्छ । 

फूल फुल्ने मौसममा ढकमक्क भएकै हुन्छ । अनि समयमै मुना पनि पलाएकै हुन्छ । बोटविरुवामा हरियालीको प्रष्फूटन हुन्छ । पातहरुको विस्तारमा सूर्य किरणलाई प्रयोग गर्दै बनस्पतिको जीवनका लागि आवश्यक खाना बनाउने उद्देश्य निहीत हुन्छ ।  बनस्पतिको लागि आवश्यक खाना बनाउने एउटा तयारी पनि भएको हुन्छ । 

प्रस्तुत तस्बिरहरु बोष्टनस्थित हार्भड विश्वविद्यालयको बोटानिकल गार्डेन आर्नोल्ड आर्वोरिटम, उबर्न र आर्लिङ्गटन म्यासाच्यूसेट्समा खिचिएका हुन् ।


 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  ०८:१६
प्रतिक्रिया दिनुहोस्