
काठमाडौं । बाह्रखरी मिडिया प्रालिले वार्षिक रुपमा गर्दै आएको गल्फ प्रतियोगिता यसपल्ट अहिलेसम्मकै उचाईमा हुने भएको छ । बाह्रखरी मिडियाले अक्टुबर २० तारेखमा सगरमाथा क्षेत्रमा रहेको कोङ्दे री मा एनसेल बाह्रखरी गल्फ प्रतियोगिता गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चारहजार २५० मिटर उचाईमा हुने यो प्रतियोगिताले विश्व रेकर्ड पनि कायम गर्नेछ ।
तेस्रो संस्करणको बाह्रखरी गल्फ प्रतियोगितालाई ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ २०१९’ नाम दिइएको छ । सर्वाधिक उचाईमा आयोजना हुने यो प्रतियोगिताले नेपाल मात्र नभएर नेपालमा आयोजना हुने खेलकुदका बारेमा विश्वलाई परिचित गराउने विश्वास लिइएको पत्रकार सम्मेलनका क्रममा जानकारी दिइयो ।
तस्बिरमा पत्रकार सम्मेलन