site stats
बाह्रखरी :: Baahrakhari
खेल
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन (फोटो फिचर)

काठमाडौं । वैशाख ५ गते औपचारिक उद्‍घाटन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबार समापन भएको छ । बुधबार बेलुका नेपालगन्ज रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गरेका हुन् ।

प्रतियोगिता उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । प्रदेश नम्बर पाँचमा विभिन्न जिल्लामा खेलहरु भएका थिए । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने बताइए पनि कार्यव्यस्तताका कारण सहभागी हुन नसक्ने भएपछि उपराष्ट्रपतिलाई समापनमा बोलाइएको थियो । 

यस्तै ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी गण्डकी प्रदेशले लिएको छ ।  राष्ट्रिय खेलकुद हरेक २ वर्षमा हुने गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १९:०३
प्रतिक्रिया दिनुहोस्